कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५
404

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शुक्रबारबाट दुइवटा शाखा कार्यालयहरू थप भई कारोबार शुभारम्भ भएको छ । डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका–४ स्थित इल नीलदहमा शाखा कार्यालय मुड्केचुला र पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ स्थित शाखा कार्यालय सुवर्णपुरको कारोबार शुभारम्भ भएको हो ।
यसपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरूको संख्या २ सय १ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरूप रावा बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । बैंकको हाल ७३ जिल्लामा २०१ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ छ । चालू आवको तेस्रो त्रैयमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरी ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।