कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
291

 महालक्ष्मी विकास बैंकले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा मिति बुधबार दार्चुला जिल्लाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीले तथा पाटन शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशवबहादुर चन्दले उद्घाटन गरे ।  महालक्ष्मी विकास बैंकले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा मिति बुधबार दार्चुला जिल्लाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीले तथा पाटन शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशवबहादुर चन्दले उद्घाटन गरे ।
 बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने ले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरू, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरे । उनले कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रूपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे ।
 देशका सहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरूमा ७१ वटा शाखा तथा ३५ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।