कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
401

 गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको १६ औं वार्षिकोत्सव को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुङमती, कार्यविनायक, ललितपुरमा अवस्थित अपांग सेवा संघ मा आश्रित दृष्टिविहीन, बहिरा, सुस्त मनस्थिति र शारीरिक अशक्तता जस्ता अपांगता भएका व्यक्तिहरूलाई आवश्यक खाद्यान्न १ वर्षका लागि प्रत्यक्ष रूपमा खाद्यान्न अनुदान प्रदान गर्ने गरी सम्झौता गरेको जनाइएको छ । संस्थाले निक्षेप संकलन २ अर्ब ८६ करोड रुपैयाँ तथा कर्जा २अर्ब ४५ करोड प्रवाह गरी ५ करोड ३१ लाख सञ्चालन मुनाफा गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस वित्तीय संस्थाको चुक्तापुँजी ८० करोड तथा जगेडा कोषमा १० करोड ६० लाख रुपैयाँ छ । यसको प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरू काठमाडौंको चाबहिल, चुच्चेपाटी, कान्ती राजपथ हेटौंडा, आदर्श नगर वीरगञ्ज, चारआली बिर्तामोड, थानारोड दमक, कलैया बजार बारा, म्यानरोड जितपुर, कदम चोक जनकपुर, सहिद चोक नारायणघाट चितवनमा छ ।