गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकबीच सम्झौता
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
212

गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकबीच एक आपसमा गरिमा रेमिट र लुम्बिनी रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बुधबार गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र लुम्बिनी विकास बैंकको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् लुम्बिनी विकास बैंकका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंकका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट लुम्बिनी रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

सातामा धेरै पढिएको