कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५
503

सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बिमा सेवाहरु थप गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्इं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्त रुपमायी बिमा सेवाहरुको शुभारम्भ गरिएको थियो । सिद्धार्थ आदर्श नारी दुर्घटना बिमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्रीबिमालेख हो ।
बिमालेखले बिमितको साथै नीजको पतिको समेत दुर्घट्ना बिमा जोखिमबहन गरेको भन्दै कम्पनीले यसको साथसाथै बिमित अस्पताल भर्ना भएको उपचार खर्चसमेत बहन गर्ने सम्बन्ध बिच्छेदको अवस्था आइपरेमा सो सम्बन्धमाआई पर्ने खर्च बहन गर्ने दुर्घटना जन्य कारण –(वाढी,पहीरो,आगलागी, भुइँचालो) बाट घरायसी सामानको क्षति भएमा सो समेत जोखिम बहन गर्ने तथा सुत्केरी गराउने सिलसिलामा अपरेसन वा सुत्केरी हुन नसकी बिमितको मृत्यु भएमा जस्ता सेवा समावेश गरिएको पनि जनाएको छ ।
यस्तै अर्को महत्वपूर्ण बिमामा सिद्धार्थ पारिवारिक दुर्घटना बिमाले एकै परिवारका चार सदस्य श्रीमान्, श्रीमती तथा दुई १८ वर्षसम्मका सन्तान एकै बिमा लेखमा समावेश गर्नेछ ।