कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५
358

 नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत नेपाल आयोजना कार्यान्वयनको लागि आयोजना कार्यान्वयन एकाइका रूपमा सहायतासम्बन्धी कार्य गर्ने भएको छ । यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइनेछ ।
यस आयोजनाअन्तर्गत कुनै एक एकाइले न्यूनतम १० लाख र अधिकतम १ करोड रुपैयाँसम्मको लागत लाग्ने यन्त्र उपकरणको जडानमा सहायता रकमका लागि दरखास्त दिन पाइने बैंकले जनाएको छ ।