कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५
332

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ७७ औं शाखाहरु सञ्चालनमा ल्याएको छ । यस बैंकले २०७५, भदौ २५ गतेबाट कन्चनपुर जिल्लाको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । । उक्त कार्यक्रमको उद्घाटन, लालझडी गाउँपालिकाका अध्यक्ष मदन सेव बदायकद्वारा गरिएको थियो । बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
चानदेव शाखासहित बैंकले ७७ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५७ वटा एतीएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।