कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

एनआईसी एसिया बैंकले आईएमर्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

169
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

स्याङ्जाको वालिङस्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष वासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखरा निर्देशक पोमनाथ गौतमसमक्ष अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

176
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र नेपाल बंगलादेश बैंकबीच ‘आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आईएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले सोमवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

162
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ ।

182
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

गण्डकी विकास बैंकले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले आफ्नो उद्घाटन मन्तव्यमा गण्डकी विकास बैंकले यस नगरीमा शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउनुको साथै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

133
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

सिभिल बैंक लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले सूर्या लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।

147
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

वैशाख १२, २०७२ को बिनासकारी भूकम्पपश्चात राहत वितरण र पुनर्निर्माणको उद्देश्यसहित स्थापना भएको सरभाइभर्स नेपालको तेस्रो वार्षिक साधारणसभा शनिबार ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

165
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

सिद्घार्थ बैंकले सोमबारका दिन रुपन्देहीको योगीकुटीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

216
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय झापागाउँपालिका–२, झापाबजारस्थित झापाबजार शाखाको झापागाउँपालिका अध्यक्ष जय नारायण शाहबाट आइतबार उद्घाटन भएको छ ।

217
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सोमबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा वित्तीय संस्थाले राधाकृष्ण वृद्धा आश्रममा रहेका ४५ जना वृद्धा आमा, बुवा तथा १८ जना गुरुकुलका बटुकलाई खाना खुवाई, प्रत्येक बटुकहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

220
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

आईएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाडौं लिमिटेडको खातामा लिंक गरी आईएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।

191
अनिश शर्मा गैरे
मंगलबार, मंसिर २५, २०७५

गुल्मीका सबै स्थानीय तहमा बैंक पुगेका छन् । जिल्लामा रहेका १० गाउँपालिका र दुई नगरपालिकामा विभिन्न बैंकका शाखा कार्यालय स्थापना भएसँगैसरकारी कामकाजका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

143
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

 एनआईसी एसिया बैंकले ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो २० औं शाखारहित बैंकिङ सेवा शुक्रबारबाट सञ्चालनमा ल्याएको छ ।

248
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौ कालीमाटीस्थित नील वाराही उच्च माध्यमिक विद्यालयलाई ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

245
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

 माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडाउप–महानगरपालिकास्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रूपले सुरुवात गरेको जनाएको छ ।

199