नयाँ टीभीएस अपाचे आरटीआर बजारमा
कारोबार संवाददाता
आइतवार, असार १०, २०७५
414

काठमाडौं-टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस अपाचे आरटिआर २०० ४ भी नेपाली बजारमा ल्याएको छ । रेस इडिसन २.० अपाचे आरटीआर २०० ४भीमा इन्टी–रिभर्स टर्क स्लिप्पर क्लच प्रविधि छ । अपाचे ४भी स्लिप्पर क्लच प्रविधि भएको आफ्नो वर्गको पहिलो मोटरसाइकल हो । रेसले प्रेरित यो प्रविधिले आरटीआर २०० ४भी इन्जिनको रेसिङको सबुत दिन्छ । स्लिप्पर क्लच प्रविधिले मोटरसाइकलको क्षमतालाई बढाउँछ, क्लच फोर्सलाई २२ प्रतिशत घटाउँछ ।
यस मोटरसाइकलमा १९७.७५ सीसी सिङ्गल–सिलिन्डर मोटर छ जुन ५–स्पीड गेअर बक्ससँग जोडेको छ । यस ईन्जिनले ८ हजार ५ सय आरपीएममा २०.५ पीएस र २१.० पीएस पावर दिन्छ र ७ हजार आरपीएममा १८.१ एनएम टर्क दिन्छ । उक्त मोटरसाइकलको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ ।