टोयोटाको एक्सचेन्ज मेला सम्पन्न
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
373

युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपालममा टोयोटा गाडी बिक्री सुरु गरेको आधा शताब्दी पार गरिसकेको छ । यस लामो अवधिमा नेपाली ग्राहकको विश्वास जित्न सफल टोयोटा गाडीले समय, परिस्थिति र ग्राहकको चाहना एवं आवश्यकतालाई ध्यानमा राखी विभिन्न प्रकारका योजना तथा एक्सचेन्ज मेला आयोजना गर्दै आइरहेको छ ।
यस्तैमा कम्पनीले यही जेठ २६ र २७ गते काठमाडौंको नक्साल ब्याक्वेटमा ‘टोयोटा एक्सचेन्ज मेला’ सम्पन्न गरेको छ । २ दिनसम्म चलेकोे उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्था गरिएको थियो । ग्राहकको पुरानो गाडीको सही मूल्यांकन गरी आवश्यकताअनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो ।
उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउटलेट र टोयोटा जेनियुन एसेसरिज आउटलेट पनि राखिएको थियो । यसैगरी गाडीको निःशुल्क चेकअप, अन द स्पट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पट मूल्यांकनजस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो । उक्त मेला पारिवारिक कार्यक्रम रहेकाले मनोरन्जनका लागि विशेष सांगीतिक ब्याण्डको लाइभ प्रस्तुति, फुड स्टल र विभिन्न थरीका नृत्यहरु प्रदर्शन हुनुका साथै बच्चाहरुको लागि बाउन्सि क्यासटल, फेस पेन्ट जस्ता विशेस आकर्षणहरुले सुसज्जित यस मेलाबाट हालको ग्राहक तथा सम्भावित ग्राहकहरु समेत आकर्षित भएका थिए ।
आफ्ना ग्राहकप्रति सधै समर्पित रहँदै आएको टोयोटा समयानुकूल र आवश्यकताअनुरुप यस्ता ग्राहकमुखी मेलाहरु भविष्यमा पनि आयोजना गर्दै जाने कम्पनीको भनाइ छ । मेलामा २ सयभन्दा बढी ग्राहकको सहभागिता रहेको थियो । त्यस्तै १० गाडी एक्सचेन्ज तथा बिक्री भएको थियो ।

सातामा धेरै पढिएको