कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
756

नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले यही जेठ २८ गतेदेखि अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गरेको छ । यस अभियान अवधिभर आइएमएस मोटर्सले सीमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेटपूर्वकै मूल्यमा न्यूनतम ५ लाख रुपैयाँको छुट दिने जनाएको छ ।
यतिमात्र नभई यस कोरियन लक्जरी एसयुभी ब्राण्ड स्याङयोङले ग्राहकलाई यस्ता सुविधाहरु दिने भनेको छ । कम्पनीले एक्सचेन्ज सुविधा, सरल फाइनान्सिङ, ३ वर्ष निःशुल्क सर्भिसिङ, ३ वर्षे वारेन्टी, चालू आर्थिक वर्षको निःशुल्क सवारी कर र निःशुल्क एक्सोसरिज उपलब्ध गराउने जनाएको छ । आइएमएस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक सुदीप आचार्यले ग्राहकलाई सधैं गुयास्तरिय सुविधा दिन तत्पर रहेकाले पुरानै बजेट पूर्वकै मूल्यमा उपभोक्तालाई सवारी दिन यो अफर ल्याएको बताए । अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४० प्रतिशतसम्म अन्तःशुल्क बढाएको हुँदा ग्राहकहरुलाई ध्यानमा राखेर यो अभियान सुरु गरेको उनको भनाइ छ । आचार्यका अनुसार यो छुट स्याङयोङ गाडीको सिमित स्टकको पूर्व निर्धारित मूल्यमा लागू हुनेछ ।
स्याङयोङ मोटर्स दक्षिण कोरियाको सबै भन्दा उत्कृष्ट र प्रतिष्ठित एसयूभी ब्रान्ड ओटोमोबाइल कम्पनी हो । कम्पनीसँग लक्जरी कारहरू, एसयूभीहरू, पिकअप ट्रक र एमपीभी छन् । कम्पनीले संसारभरी करिब १६५८ बिक्रेतामार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात सञ्जाल मजबुत बनाएको छ ।