कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
415

यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँवर्ष २०७६ लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । अफर चैत २५ देखि लागू भएको र आगामी वैशाख मसान्तसम्म सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।
डर्टरक्रुजर बाइकमा ख्याति कमाइसकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोकप्रिय छन् । नेपाली बजारमा यूएमकाडी एसआर२००, डीएसआर २३०, हाइपरस्पोर्ट २५० र रेनेगेडसिरिजका बाइक उपलब्ध छन् । नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरू उल्लेखनिय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ ।

विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरूलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दाबी छ । अमेरिकी बाइक निर्माता कम्पनी यूएमको सोरुम गैरीधारामा सरेको छ । नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको सोरुमलाई गैरीधारामा सारेको हो ।
ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यकासाथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले बताएको छ । यूएमका बाइक राम्रो पिकअप, माइलेज र पर्फमेन्सका लागि पनि लोकप्रिय रहेको भन्दै कम्पनीले यूएमका मर्चेन्डाइज तथा गियरहरू पनि सोरुममा आकर्षक रूपमा सजाएर राखेको जनाएको छ ।