कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
433

जाडो मौसम सुरु भइसकेको छ । जाडोयाममा दुर्घटनाको सम्भावना बढी हुने गर्छ । यसको कारण जाडोमा लाग्ने कुहिरो नै हो । कुहिरोमा भिजिबिलिटी कम हुँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।
तर, त्यसबाट डराइहाल्नु पर्ने अवस्था भने छैन । तपाईंले केही सजिला उपाय अबलम्बन गर्नुभयो भने सडक दुर्घटनाको डर हुँदैन ।

विस्तारै गाडी चलाउनुहोस्
जाडोमा कुहिरोका कारण सडकसमेत ओसिलो हुनपुग्छ । भिजिबिलिटी कम हुने हुँदा बाटो राम्रोसँग देखिँदैन । यस्तो अवस्थामा गाडी तिव्र गतिले गुडाउँदा स्पिल हुन सक्छ र सडक नदेख्दा दुर्घटना हुन सक्छ । त्यसैले विस्तारै गाडी चलाउँदा दुर्घटनाबाट जोगिन सकिन्छ ।
हेडलाइड यसरी राख्नुहोस्
कुहिरोमा गाडीलाई हाई बीममा राख्नु हुँदैन, किनकि कुहिरोमा उज्यालो फैलिन्छ र अगाडि जे पनि देख्न सकिन्छ । सुरक्षित ड्राइभिङका लागि हेडलाईटलाई लो बीममा राख्नुस् ।
सडकमा गाडी नरोक्नुहोस्
कुहिरो लागेको छ भने भुलेर पनि सडकमा गाडी नरोक्नुहोस् । यसो गर्नाले ठूलो दुर्घटना हुन सक्छ । यदि कुनै पनि कारणले रोक्नु परेमा सडक भन्दा बाहिर रोक्नुहोस् र पार्किङ र हजार्ड लाइटको प्रयोग गर्नुहोस् ।
आफ्नो ट्रयाकको फलो गर्नुहोस्
बाक्लो कुहिरोमा गाडी चलाउँदा आफ्नो ट्रयाक नछोड्नुहोस् । जसका कारणपछि आउने सवारीलाई समेत सहज हुन्छ ।
फग लाइटले मिल्नेछ मद्दत
जाडो आउने बेलामा गाडीको फग लाइट चेक गर्नुहोस् । जाडोमा फग लाइट अन गर्दा सडक दुर्घटना कम हुन्छ । कहिले पनि हेड बन्द गरेर सिर्फ फग लाइट नबाल्नुहोस्, किनकी टाढाबाट आउने व्यक्तिले फग लाइट देख्न सक्दैन । हेडलाइट देखेर तपाईंको गाडी उसले चिन्न सकोस् ।
पहेँलो लाइटको फलो गर्नुहोस्
सेफ ड्राइभिङका लागि सडकमा पहेँलो लाइट लगाइन्छ । कुहिरोमा गाडी चलाउँदा यी लाइटलाई फलो गरेर चलाउनुहोस् ।
पानी, खानेकुरा र कम्बल साथमा राख्नुहोस्
लामो यात्रामा गर्नुपरेमा आफूसँग पानी, खानेकुरा र कम्बल साथमा राख्नुहोस् । जाम हुँदा वा कारमा समस्या हुँदा यी सामान काम लाग्न सक्छन् ।
हजार्ड लाइट अन गरेर सवारी नचलाउनुहोस्
हजार्ड लाइटको प्रयोग गरेर सवारी नचलाउनुहोस् । यसका कारण पछिबाट आउने सवारीलाई आफ्नो स्थिति पत्ता लगाउन सक्दैनन् । लेन बदल्दा वा मोड्दा समस्या हुन सक्छ । यो लाइटको प्रयोग कार रोकेको बेला मात्रै गर्नुहोस् ।