कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
496

काठमाडौं-नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुधबारबाट स्याङ्जाको वालिङमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लूले ओशो ट्रेड्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । स्याङ्जा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरिएको हो ।
नयाँ शोरुमको उद्घाटन स्याङ्जा नगरपालिकाका उपमेयर कल्पना तिवारीले गरेकी हुन् । ओशो ट्रेड्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरूको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने छन् । यामाहा ब्रान्डका दुईपांग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनुनपर्ने ओशो ट्रेड्सका प्रबन्ध निर्देशक रामजी पौडेलले बताए । यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ ।

स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ ले पनि राइडरहरूलाई आकर्षित गरिरहेको छ ।
एमएडब्लूले नाडा अटो सोमार्फत आर१५ भी३, एक्सटिजेड र रे जेडआर स्ट्रिट र्याली गरी तीनवटा नयाँ मोडेल सार्वजनिक गरेको थियो । यामाहाका मोटरसाइकल र स्कुटरहरू प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरूमा माइलेज बढी पाइन्छ ।
यामाहाले दसैं–तिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ जसमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले कम्तीमा सात हजारदेखि १ लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउनुहुनेछ । साथै, हरेक साता एक जना भाग्यशाली ग्राहकले यामाहा आर३ जित्न सक्ने छन् ।