कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६

बनेपामा रहेको अरनिको मोटर्स प्रालिले नयाँ वर्षको अफरसहित फोर्र्ड फिगोको नयाँ संस्करणको बिक्री सुरु गरेको छ । आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टाइल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याएको हो ।

240
रासस
मंगलबार, बैशाख ३, २०७६

तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी कल्पना थापाले हाते ट्र्याक्टरले खेतबारी जोत्न थालेको तीन वर्ष पुग्यो । पहिला खेताला खोजेर गोरु लगाएर बारी जोत्ने उनी अहिले आफैंले सजिलै ट्र्याक्टर चलाएर खेतबारी जोत्न सक्छिन् । गाउँमा गोरु नै पाल्न छाडेपछि हिजोआज कल्पना जस्तै अन्य किसान हाते ट्र्याक्टरले नै खेतबारी जोत्न थालेका छन् । गोरुले जोत्दा दिनभर लाग्ने काम हाते ट्र्याक्टर लगाउँदा केही घन्टामै सकिने हुँदा किसान ट्र्याक्टरप्रति आकर्षित भएका हुन् ।

214
कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६

नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस—२०७५ को अवसरमा ओद्योगिक, व्यवसायिक क्षेत्रको विकास तथा विस्तारमा योगदान पु-याएकोमा महासंघमा आवद्ध भएका सयवटा वस्तुगत संघमध्येबाट नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रथम स्थान हासिल गरी कदरपत्र प्राप्त गरेको छ । उक्त कदरपत्र सभाका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलाललाई हस्तान्तरण गरेका थिए ।

208
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक विक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन८८३ को टेस्ट राइड गरी विभिन्न राइडरहरूले आनन्द लिएका थिए ।

379
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँवर्ष २०७६ लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । अफर चैत २५ देखि लागू भएको र आगामी वैशाख मसान्तसम्म सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।

410
कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५

फोर्डले २०१९ को संस्करण फोर्ड फिगो गाडी दाङको घोराही बजारमा ल्याएको छ । ओटोमार्ट घोराहीले उक्त गाडी घोराही बजारमा ल्याएको हो । गाडीको आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

347
कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५

हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना हुन्डाई न्यू इयर डिलाइट सार्वजनिक गरेको छ ।

236
कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५

। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ७० थान कुर्सी प्रदान गरेको छ । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले एक कार्यक्रमका बीच महानगरीय ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तलाई कुर्सी हस्तान्तरण गरेका थिए ।

264
कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्धारा टाटा ट्रस्ट र टाटा कम्युनिटि इनिसियटिभ ट्रस्टको वित्तिय सहयोगमा हालैमात्र वलेफी गाउँपालिका ४ सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण भएको छ । जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक, भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।

238
कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५

हिरो मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले नयाँ वर्ष २०७६ को अवसरमा हिरोका मोटरसाइकल तथा स्कुटरहरुमा विशेष छुटको योजना सार्वजनिक गरेको छ ।

222
समिर रेग्मी
मंगलबार, चैत्र २६, २०७५

पछिल्लो समयमा भएको आर्थिक विकाससँगै कार चढ्ने भारतीयको संख्यामा पनि वृद्धि भइरहेको छ । तर विकसित देशको जस्तो महँगा कार चढ्ने क्षमतामा अझै पनि वृद्धि भएको छैन । उनीहरुले आफ्नो थैली अनुसार भारतमै कोलाबरेसनमा निर्मित कारहरुलाई आफ्नो रोजाइमा राख्ने गरेका छन् । यहाँ हामीले भारतीयको रोजाइमा परेका १० उत्कृष्ट कार प्रस्तुत गरेका छौं ।

666
मनोरञ्जन शर्मा
बिहिवार, चैत्र २१, २०७५

विश्वविख्यात कार कम्पनी फोर्डको भैरहवा क्षेत्रको अधिकृत विक्रेता अवन्ति अटोमोबाइल्सले २०१९ को नयाँ संस्करणको कार फोर्ड फिगोको यस क्षेत्रमा बिक्री शुभारम्भ गरेको छ । अवन्तिले एक कार्यक्रमकाबीच बुधबार फिगो कारको बिक्री शुभारम्भ तथा प्रवद्र्धन कार्य एक साथ सुरु गरेको प्रबन्ध निर्देशक पावन अग्रवालले बताए ।

485
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

केही दिन पहिलेमात्र भारतीय बजारमा लन्च गरिएको मेभोक्स हेलमेट अब नेपाली बजारमा समेत उपलब्ध भएको छ । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध गराएको हो । फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सयदेखि ४ हजार ८ सय रुपैयाँसम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ ।

392
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए) ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब १ हजार ५ सय कामदार हटाउने घोषणा गरेको छ । इटालियन–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई ध्यानमा राखेर यस्तो निर्णय लिनुपरेको उल्लेख छ ।

328
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

प्रसिद्ध कार उत्पादक कम्पनी ड्याट्सनले गो सेग्मेन्टमा नयाँ गो कार बजारमा ल्याएको छ । नयाँ ड्याट्सन गोका विभिन्न ३ मोडल अहिले नेपालमा उपलब्ध छन् । यसअघि नै ड्याट्सनले गो कार बजारमा ल्याइसकेको भए पनि अहिले परिमार्जित गर्दै थप सेवा सुविधा र प्रविधिसहित नयाँ गो बजारमा आएको हो ।

362