माग ८ कक्षा उत्तीर्णको, ताँती स्नातकोत्तरको

वर्ग: समाज
मिति: Thursday,26th September 2013 03:57 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


कारोबार संवाददाता
काठमाडौं, ९ असोज - त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर रोहितकुमार बाँस्तोला अन्यत्र कतै अवसर नभएपछि श्रेणीविहीन वनरक्षक (वनपाले÷जनरल फरेस्ट्री)मा प्रतिस्पर्धा गर्दैछन् । योग्यताले मात्रै खान नपुग्ने निष्कर्षसहित उनले ८ कक्षा उत्तीर्ण भए पुग्ने वनरक्षकमा फर्म भरेका हुन् ।
निजामती सेवामा ३५ वर्षे उमेरहद लाग्ने भएकाले वन रक्षक भए पनि सेवा प्रवेश गर्न लागेको उनले बताए । “लोकसेवा अयोगको परीक्षामा ३ वर्षसम्म नाम निस्किएर वैकल्पिकमा थन्किनुपरेपछि पीडा भुलाउन वनरक्षकमा दिन आएँ,” उनले भने ।
उनीजस्तै त्रिविबाट एमएस्सी उत्तीर्ण गरेका लखन महतोले पनि वनरक्षकमा फर्म भरेका छन् । उनी पनि निजामती सेवा प्रवेश गर्न नसकेपछि आफ्नो योग्यताभन्दा तलको पदमा प्रतिस्पर्धा गर्न आएका हुन । “सरकारी जागिरमा भविष्य सुरक्षित हुने भएकाले वनरक्षक भए पनि बन्छु,” उनले भने, “काम सानो–ठूलो हुन्न ।”
स्नातकोत्तर सकेर पनि वनरक्षकमा फर्म भर्ने बाँस्तोला र महतो एक्ला होइनन् । उनीहरुकै सहपाठी पनि फर्म भर्ने लाइनमा सँगै थिए । त्यसबाहेक स्नातक र उमावि तह सकेका पनि वनरक्षकमा लड्दैछन् । एसएलसी उत्तीर्णको संख्या नगन्य छ । जबकि त्रिविले वनरक्षकका लागि ८ कक्षा उत्तीर्ण भए पुग्ने भनेको छ ।
वन विभागले १२ वर्षपछि ७ सय १८ जनाका लागि विज्ञापन गरेको हो । हरेक विकास क्षेत्र र लोकसेवा आयोगका कार्यालय भएका अञ्चलमा विज्ञापन खुला गरिएको हो । अयोगले यसअघि एसएलसी उत्तीर्णभन्दा मथिका विद्यार्थीका लागि विज्ञापन गरे पनि यसपटक ८ कक्षा उत्तीर्णलाई अवसर दिएको छ । आवेदन दिन चाहने उम्मेदवारका लागि दोब्बर दस्तुरसहित असोज २२ सम्म म्याद तोकिएको छ ।
सबैभन्दा धेरै पश्चिमाञ्चलअन्तर्गत पोखरामा ७० वनरक्षक मागिएको छ । पूर्वाञ्चलको धनकुटामा ६६, मध्यमाञ्चलको काठमाडौमा ५६, मध्यपश्चिमको सुर्खेतमा ४५ र सुदूरपश्चिमको दिपायलमा ६३ गरी ३ सय जनाको विज्ञापन खोलिएको छ । अञ्चलस्तरका लोकसेवा कार्यालयअन्तर्गत ९ अञ्चलमा ४ सय १८ वनरक्षकको विज्ञापन गरिएको छ ।

  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्