सेयर बजार घट्दो क्रममा

मिति: Tuesday,1st January 2013 22:14 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



काठमाडौं, १७ पुस - सेयर बजारमा सुधार आउने क्रम रोकिएको छ । पछिल्लो समयमा निरन्तर बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबारदेखि घट्न थालेको छ । सोमबार करिब ७ अंकसम्मले घटेको नेप्से मंगलबार पनि ३.३४ अंकले घटेको छ ।
मंगलबार कारोबार सुरु हुँदा सामान्य सुधारको संकेत देखिको नेप्से करिब १५ मिनेटपछि घट्न थालेको र बन्द हुँदासम्म काय रह्यो । कारोबार सुरु हुँदा ५३४.१३ अंकमा रहेको नेप्से ३.३४ अंकले घटेर बन्द हुँदा ५३०.७९ अंकमा झरेको छ । मंगलबार ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ ।
राजनीतिक वातावरणमा सहमतिको प्रयास अन्योलमा परेपछि सेयर लगानीकर्तासमेत दुविधामा देखिएपछि सेयर बजार बढ्ने क्रम रोकिएको एक लगानीकर्ताले  बताएका छन् । लगानीकर्ता अम्बीका पौड्यालले भने, “बजार घट्नु पर्ने कुनै कारण छैन ।” करेक्सनपछि बजार पुनः बढ्ने उनले बताए ।
मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको नकारात्मक प्रभाव समग्र नेप्से परिसूचकमा परेको हो । नेप्सेमा नबिल बैंक, सिद्धार्थ बैंक,  स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्सलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्सेमा कारोबार भएका समूहगत परिसचूकमध्ये बैंकिङ ५.६, विकास बैंक १.७८, वित्त २.९६, बिमा ४.६६ र होटल समूह ०.७५ अंकले घटेका छन् । तर, जलविद्युत् समूह भने २.२८ अंकले बढेको छ । नेप्सेमा अन्य समूहमा भने कुनै परिवर्तन आएन ।  
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । पछिल्ला दिनमा १९ करोड रुपैयाँसम्म नेप्सेको दैनिक कारोबार भएको मंगलबार घटेर साढे ९ करोडमा झरेको छ । मंगलबार नेप्सेमा ७७ कम्पनीको १ हजार ३ सय ८२ कारोबारबाट ९ करोड ४२ लाख २६ हजार रुपैयाँबराबरको २ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार बैंक अफ काठमाण्डूको धेरै रकम र पटक कारोबार भएको छ भने  नेपाल बंगलादेश बैंकको धेरै कित्ता सेयर खरिद बिक्री भएको छ ।  
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्