लघुजलविद्युत्ले रहवास झिलीमिली

वर्ग: विकास
मिति: Tuesday,1st January 2013 22:05 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameपाल्पा, १७ पुस - बजारका उपभोक्ता दिनहुँ लोडसेडिङको समस्याबाट गुजे्रका बेला लघुजलविद्युत्बाट गाउँ झिलीमिली बनेपछि यहाँका बासिन्दाले उज्यालोको महसुस गरेका छन् ।    टुकीको सहारामा जीवनयापन गर्न बाध्य रहवासका स्थानीय बासिन्दा चौबीसै घण्टा बिजुलीको प्रयोग गर्न पाउँदा दंग छन् । मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कुटानी–पिसानी गर्न, विद्यार्थीका लागि रातको समयमा पढ्न–लेख्न, विद्यालय एवं संघ–संस्थाका लागि कम्प्युटर, फाटोकपी गर्न पाएका छन् ।
गाविसभरिका नौवटै वडालाई मध्यनजर गर्दै तीन वर्षअघि सुरु भएको जलविद्युत् आयोजनाबाट जिल्लाकै सबैभन्दा बढी ४३ किलोवाट विद्युत्शक्ति उत्पादन हुन्छ । यस गाविसका सबै वडाका गरी ३ सय ७२ घरधुरीले विद्युतीय सेवा लिएका छन् ।
“बिजुलीले घर र हाम्रो मन पनि उज्यालो बनाएको छ,” स्थानीय सुनिता सारुले खुसी हुँदै भने, “अब बिजुलीको सेवा लिन तानसेन र अन्य स्थानमा जानु नपर्ने भो ।” अधिकांशको घरमा बिजुलीबाट सञ्चालन हुने सामग्री भित्रिएपछि सबै काम गर्न सजिलो भएको उनले बताए ।
राज्यको विद्युत्सेवा अहिलेसम्म पुग्न नसक्नु र विद्युत्सेवा पुगेका स्थानका बासिन्दाले लोडसेडिङको हैरानी खेपिरहेका बेला जुनसुकै समयमा बत्ती बाल्न पाउँदा आफूहरू हर्षित भएको स्थानीय उपभोक्ता बताउँछन् । हतारहतार गरेर तानसेन बजार पुग्दा पनि बिजुली नभएर काम नहुँदाको पीडा सम्झँदै स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सदस्य रेबोटबहादुर रानाले भने, “अब तानसेन जाने समय र खर्च बच्यो ।”
स्थानीय बासिन्दाको पहल, ग्रामीण वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, आर्थिक विकास संघ (रेडा), जिल्ला विकास समिति, गाविसको संयुक्त लगानीमा जलविद्युत् आयोजना पूरा भएको हो । यो आयोजना सम्पन्न गर्न जिविस, गाविस, रेडा, स्थानीय बासिन्दाको गरी कुल १ करोड ९० लाख ६४ हजार लगानी भएको छ । “सबैको पहल नभएको भए गाउँमा बिजुली आउन अझै १० वर्ष लाग्थ्यो,” सहवासका गाविस सचिव विष्णु ढकालले भने, “गाउँलेकै मेहनतमा गाउँ उज्यालो भयो ।”
गाउँमा बिजुलीबत्ती आएपछि टुकी बालेर काम गर्नुपर्ने बाध्यताबाट स्थानीयवासी मुक्त भएका छन् । टुकी बाल्दा कालो धूवाँमा रुमलिनुपर्ने बाध्यता र मटितेल किन्न तानसेन जानु नपर्ने उपभोक्ता समितिका अध्यक्ष छकलाल चौहानले बताए । “स्थानीय स्रोतको प्रयोग गरी विद्युत्को सुविधा भएपछि मटितेल किन्नकै लागि अन्यत्र धाउनुपरेन,” उनले भने, “तेल पाइएन, महँगो भयो भनेर कराउनु पनि परेन ।”
दलित र जनजाति समुदायको बसोबास रहेको लक्षित क्षेत्रमा विद्युत् सेवाको विस्तारसँगै विद्यार्थी तथा महिलाका लागि राति पढ्न तथा काम गर्न सजिलो भएको छ ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्