भारतमा निजी लगानी घट्यो

वर्ग: विश्व
मिति: Tuesday,1st January 2013 01:29 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



Nameबैंगलोर, १६ पुस- आर्थिक क्षेत्रमा चुनौती थपिँदै गएकाले चालू आर्थिक वर्षमा भारतमा निजी क्षेत्रको लगानी गत वर्षको तुलनामा १४.७ प्रतिशतले घटेर ८ अर्ब ९० करोड अमेरिकी डलरमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षमामात्र ४ सय ६ सम्झौतामार्फत ८ अर्ब ८५ करोड लगानी भएको थियो । २०१० मा ४ सय ८३ सम्झौतामार्फत १० अर्ब ३ करोड ७८ लाख डलर लगानी भएको भेन्चर इन्टेलिजेन्सले गरेको अध्ययनले देखाएको छ ।
पछिल्लो तथ्यांकअनुसार चालू वर्षको अक्टोबरदेखि डिसेम्बरको त्रैमासिक अवधिमा निजी क्षेत्रको लगानी ३२ प्रतिशतभन्दा बढीले घटेको छ । सो अवधिमा ८२ सम्झौतामार्फत १ अर्ब १ करोड डलरमात्र लगानी भएको छ । गत वर्षको सोही अवधिमा १ सय २१ सम्झौतामार्फत १ अर्ब ४९ करोड डलर लगानी निजी क्षेत्रबाट भएको थियो ।
बैंलोरस्थित लगानी नियमक भेन्चर इन्टेलिजेन्सका प्रमुख कार्यकारी अधिकृत राजन कुमारले चालू वर्षमा केही समस्या देखिएको भए पनि आगामी वर्षमा यस्तो स्थिति नदेखिनेमा आफू विश्वस्त रहेको बताए ।
तथ्यांकअनुसारसूचना प्रविधिको क्षेत्रमा १ सय ६२ लगानी कर्ताहरुले ३ अर्ब २४ करोड ३० लाख डलर लगानी गरेका छन् । यस क्षेत्रमा भने आशातीत लगानी भित्रिएको सरकारी अधिकारीहरूले बताएका छन् । यो क्षेत्रमा लगानी गर्न निजी क्षेत्र थप इच्छुक रहेको जनाइएको छ ।
चालू वर्षमा सेक्युया क्यापिटल इन्डिया, आइएफसी, एसेल इन्डिया लगायतका १७ निजी कम्पनीहरूले सक्रिय रूपमा लगानी गरेको अध्ययनले देखाएको छ ।  
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्