ब्राजिलको सेयर बजारमा वृद्धि

वर्ग: विश्व
मिति: Tuesday,1st January 2013 01:20 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



Nameरियो दि जेनेरियो, १६ पुस - चालू आर्थिक वर्षमा ब्राजिलको सेयर बजार सकारात्मक देखिएको छ । साओपाउलो स्टक एक्सचेन्ज (बोभेस्पा)ले समग्र सेयर मूल्यमा ७.४ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो २००९ यताकै राम्रो वार्षिक नतिजा भएको एक्सचेन्जले उल्लेख गरेको छ ।
बोभेस्पाका अनुसार यस वर्षको अन्तिम दिन सूचकांक ६० हजार ९ सय ५२ अंकमा पुगेर बन्द भएको थियो । यो अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशतले वृद्धि भएको हो ।
गत साता सूचकांक स्थिर देखिएको भए पनि डिसेम्बरमा मात्र सूचक ६ प्रतिशतले वृद्धि भएको बोभेस्पाले जनाएको छ ।
२०११ को सुरुमा ब्राजिली स्टक सकारात्मक देखिए पनि वर्षको अन्त्यतिर बोभेस्पा १८ प्रतिशतले घटेको थियो ।
चालू वर्षको सूचकलाई सेयर विश्लेषकहरूले सकारात्मक भएको बताएका छन् । ठूला सेयरधनीहरूले यस विषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।
सरकारको नियन्त्रणमा रहेको सबैभन्दा ठूलो तेल कम्पनी पेट्रोब्रासका अनुसार उसको साधारण सेयरमा १५ प्रतिशत र अग्राधिकार सहितको सेयरमा ९.१६ प्रतिशतले गिरावट आएकोे छ ।
अर्को प्रसिद्ध कम्पनी भेलको भने साधारण सेयरमा ७.१७ प्रतिशत र अग्राधिकार सेयरको मूल्य ८.०६ प्रतिशतले बढेको छ ।
यसैबीच चालू आर्थिक वर्षमा अमेरिकी डलरको तुलनामा ब्राजिली रियल ९.४३ प्रतिशतले कमजोर भएको छ । यो तथ्यांक गत वर्षको मापनका आधारमा प्रस्तुत गरिएको ब्राजिली तथ्यांक विभागले जनाएको छ ।
डलर र रियल सटही गत शुक्रबार बन्द भएको हो । उक्त दिन डलरको तुलनामा रियाल ०.०५ प्रतिशतले मजबुत भएको थियो ।
चालू वर्षको डिसेम्बरमा रियल केही बलियो देखिएको भए पनि वर्षभरिको अनुपातमा देशको मुद्रा निक्कै कमजोर भएको छ । यसको कारण देशको आर्थिक वृद्धि पनि केही जिम्मेवार रहेको विज्ञहरूको भनाइ छ ।  
ब्राजिल सरकारले भने मुद्रा कमजोर हुनुलाई खासै नकारात्मक रूपमा नहेरेको विश्लेषकहरूले बताएका छन् । सरकारी अधिकारीहरूले भने देशको मुद्रा कमजोर हुँदा अन्तर्राष्ट्रिय बजारमा आफ्नो सामानले अन्य देशको सामानसँग प्रतिस्पर्धा गर्न सजिलो हुने र यसबाट मुलुकले बढी लाभ लिन सक्ने बताएका छन् ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्