पर्यटक गाइडको सुविधा बढाउन माग

वर्ग: देश
मिति: Tuesday,1st January 2013 22:18 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



- “टानबाटै पीडित छौं”

Nameम्याग्दी, १७ पुस - ‘देशमा आएका पर्यटकको समस्या र सुविधा तथा आवश्यकताबारे निकै चर्चा हुने गर्छ तर तिनै पर्यटकलाई गन्तव्यसम्म पु¥याउन जोखिमपूर्ण भूमिका निर्वाह गर्ने पथप्रदर्शकका समस्याबारे चासो कसैलाई छैन’ । यो पथप्रदर्शकहरूको साझा गुनासो हो ।
“टे«किङ एजेन्सीबाट प्राप्त हुने सेवा सुविधा मेहनत गरेभन्दा कम हुन्छ,” पथप्रर्दशक माधव खनालले भने, “हामीलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्ने गरिएको छ ।” चार वर्षअघि यस क्षेत्रमा प्रवेश गरेका खनालले टे«किङ एजेन्सीबाट श्रमशोषणा हुने गरेकाले समयअनुसार तलब बढाउनुपर्ने माग गरेका छन् ।
“महँगी बढिरहेको छ तर पनि दुई वर्षसम्म एउटै ज्यालामा काम गर्नुपरिरहेको छ,” विदेशी पर्यटक लिएर म्याग्दीको प्रमुख पर्यटकीय क्षेत्र घोडेपानी पुगेका विनोद नेपालीले भने, “समयअनुसार सेवासुविधा बढाउन पटक–पटक आग्रह गरे पनि बेवास्ता भइरहेको छ ।”
सुविधा बढाउन आग्रह गर्दा टे«किङ एजेन्सीले काम छोड्न दबाब दिने गरेको दुखेसो उनी पोख्छन् । भन्छन्, “समस्या समाधानका लागि नेपाल ट्रेकिङ एसोसिएसन (टान) र राजनीतिक दलका मजदुर संगठनबाट पनि सहयोग भएन । १२ वर्षदेखि पथप्रदर्शक बन्दै आएका रुद्र मगरले हिमाली क्षेत्रमा बढी समस्या हुने भए पनि सुविधा केही नहुने बताए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई टे«किङ एजेन्सी तथा पर्यटकको रोजाइअनुसार देशका विभिन्न क्षेत्रमा जाने पथप्रदर्शकहरूको सुविधा कटौती गर्ने तथा पर्यटकबाट प्राप्त सहयोगमा समेत संस्थाले हस्तक्षेप गर्ने गरेको पाइएको छ ।
प्रदर्शकहरू यात्राकै क्रममा बिरामी पर्नेलगायत समस्या झेल्नुपरे पनि टानले सहजीकरण नगरेको उनीहरूको आरोप छ । “टानबाटै पीडित छौं, अरूको के कुरा गर्ने ?” एक प्रदर्शकले भने, “हामीबाट लिने सुविधामा समेत टानले आफूखुसी गर्ने गरेको छ ।” पथप्रदर्शकको समस्या समाधान गर्नसकेमा त्यसले पर्यटन क्षेत्रलाई समेत सहयोग पुग्ने अर्का पीडित ज्ञानेन्द्र शाही बताउँछन् ।
पथप्रदर्शकले पर्यटकले दिने टिप्सबाहेक दैनिक ८ सय ५० रुपैयाँ पाउँछन् ।
भरिया राम थापाले भने पेन्सनलगायतको सुविधा माग गरेका छन् । “खुट्टाले काम गर्न छाडेपछि के गर्ने भन्ने विषयले चिन्ता लाग्छ,” उनले भने । साहुले ‘सडक पुगेकाले पहिलाको जस्तो भारी बोक्नुपर्दैन’ भन्दै ज्यालामा कटौती गरिरहेकाले समस्या झनै थपिएको उनी बताउँछन् ।
पर्यटकका सामान भरियामार्फत लैजाने गरिन्छ । पर्यटकसँग हिँड्ने भरियाले दैनिक ६ सय रुपैयाँ पाउँछन् ।
अन्नपूर्ण पदयात्राका क्रममा जाने पर्यटक माछापुच्छ«े, धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गंगापूर्णलगायत १६ भन्दा बढी हिमशृंखला र सूर्याेदयको मनोरम दृश्य अवलोकन गर्न सकिने पुनहिल र घोरेपानीलगायतका क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्छन् ।
यता, पर्यटनको क्षेत्रमा काम गरिरहेको नेपाल ट्रेकिङ एसोसिएसन (टान) पश्चिमाञ्चल च्याप्टर पोखराले भने पदप्रदर्शकको समस्या समाधानका लागि प्रयास गरिरहेको बताएको छ ।
अन्नपूर्ण पदमार्गमा महिला पथप्रदर्शक बढ्दै
तनहुँकी खिमकुमारी थापा केही वर्षअघि ‘पर्यटक गाइड हुँ’ भन्न हिच्किचाउँथिन् । तर, अहिले उनलाई आफ्नो परिचय दिन कुनै संकोच छैन । “सुरुमा ‘छोरीमान्छे विदेशीलाई लिएर हिँड्ने’ भनेर गाउँभरि कुरा काट्नेहरू थिए,” उनले भनिन्, “अहिले गाउँका अन्य महिला पनि यही पेसामा लागेपछि यस्तो आरोप लगाउने घटेका छन् ।”
पदप्रदर्शन गर्न जोखिम र कठिन भए पनि केही वर्षयता महिलाहरू यो पेसातर्फ आकर्षित हुनथालेका छन् । पर्यटक गाइडको तालिमपछि विदेशी पर्यटक लिएर हिमाली क्षेत्रमा जाने गरेकी लक्ष्मी भारतीले भाषालगायत भौगोलिक बनावटबारे जानकारी गराउने गरेको बताइन । “कुशल पथप्रदर्शक बन्ने प्रयासमा छु,” उनले भनिन् । महिलाहरू इमानदार हुने भएकाले विदेशीले पनि महिला नै रोज्ने गरेको उनीहरूको बुझाइ छ ।
पदयात्रामा महिला पथप्रदर्शकको आकर्षण बढ्दै गएको टानको पश्चिमाञ्चल च्याप्टर पोखराले जनाएको छ । “यो क्षेत्रमा पर्यटक गाइड महिलाको संख्या दिनानुदिन बढेको छ,” पश्चिमाञ्चल च्याप्टरका पूर्वअध्यक्ष सोम थापाले भने, “महिलालाई लक्षित गरेर तालिमसमेत चलाएका छौं ।” अहिले पोखरामा मात्र करिब २ सय महिला पथप्रदर्शक रहेको टानले जनाएको छ । टानले गत वर्ष म्याग्दीमा पथप्रदर्शक तालिम सञ्चालन गरेको थियो ।
महिलालाई पर्यटन क्षेत्रमा उत्साहित गर्नका लागि पोखरामा रहेको थ्री सिस्टर ट्राभल ट्रेकिङ एजेन्सीले महिला गाइडमात्र खटाउने गरेको छ । सो एजेन्सीमा मात्र करिब डेढ सय महिलाले काम गर्ने गरेका छन् ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्