मोडलिङ रहरसँगै करिअर

वर्ग: अर्थरंग
मिति: Thursday,6th September 2012 21:55 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameमोडल आफैंमा फरक नमुना जनाउने विशेषण । यही विशेषण झुन्ड्याउन युवापुस्ता रहरमात्र गर्र्दैन, आफूलाई योग्य पनि ठान्छ । नेपाली ग्ल्यामरदेखि, सिनेमा र कर्पाेरेट क्षेत्रको दायरा बृहत्तर बन्दै गएपछि मोडलिङमा व्यावसायिकता पनि आउन थालेको छ । छोटो अवधिको करिअर ठानिने भए पनि मोडलिङमा रमाउनेहरू कम छैनन् ।
फेस पब्लिक होस्– यो चाहना धेरैलाई हुन्छ । सेलिब्रिटी हुन आफूमा केही न केही गुण हुन आवश्यक पनि हुन्छ । मोडलिङमा भविष्य देख्ने पुस्ता यही क्षेत्रबाट बामे सर्दै सेलिब्रिटी हुन चाहन्छ । बग्रेल्ती हुने ब्युटी पेजेन्टले जन्माएका र स्वतन्त्र रूपमा आफूलाई ¥याम्प वा कुनै कमर्सियलमा दौडाउने जमात अहिले पछाडि नफर्की अघि बढ्दैछ । देशका विभिन्न सहरमा हुने प्रतियोगिताले ‘ह्यान्डसम’ र ‘ब्युटी’को ट्याग झुन्डाइदिन थालेपछि झन् कतिले अरु करिअरबारे सोच्नै छाडेका छन् ।
ओएससी प्रालिका म्यानेजिङ डाइरेक्टर ओम उपाध्याय मोडलिङ क्षेत्रमा रहरले भन्दा पनि अवसर छोप्न छिरेको बताउँछन् । पोखराका यी २५ वर्षे तन्नेरीले मोडलिङलाई प्लेटफर्म बनाई अन्य विभिन्न अवसर ‘क्यास’ गर्ने लक्ष्य राखेका छन् । “यहाँबाट हरेक क्षेत्रमा प्रवेश गर्न सकिन्छ,” उनी भन्छन्, “त्यसैले मेरो बढीभन्दा बढी समय यसैमा केन्द्रित छ ।”
तीन वर्षदेखि मोडलिङमा व्यस्त ओमले पछिल्लो वर्षदेखि मोडलिङमा अझ बढी समय दिन थालेका छन् । विभिन्न सामाजिक संघसंस्था तथा मिडियामा आबद्ध उनले व्यवसाय र मोडलिङलाई सँगसँगै बढाउने योजना बुनेका छन् ।
“पोखराले फेसन र मोडलिङमा तीव्र रूपमा फड्को मारेको छ, त्यसैले पनि यसमा भविष्य छ,” पाटनको मंगलबजारमा फ्रेन्चफ्राई खाँदै कारोबारसँग गफिए । पोखरालाई फेसन राजधानी भन्न रुचाउने यी तन्नेरीले भविष्यमा चलचित्र निर्देशनमा प्रवेश गर्ने योजना पनि सुनाउन भ्याए ।
ग्ल्यामर र सोबिजमा आएर आफ्नो रहर पूरा गर्दै अवसर छोप्नेदेखि आफूमा आत्मविश्वास बढाउनका लागि युवाहरू मोडलिङलाई आफ्नो करिअर ठान्न थालेका छन् । अध्ययनसँगै मोडलिङ गर्ने उनीहरू यो क्षेत्रलाई भित्रैदेखि बुझ्दै र त्यससँगै आफूलाई निखार्दै गएका छन् ।
“विगतमा रहरले मात्र प्रवेश गर्नेहरू अहिले बुझेर र अध्ययन गरी व्यावसायिक हुन थालेका छन्,” ओम भन्छन्, “विभिन्न तालिम र अनुभव सँगालेर प्रवेश गर्नेहरू यसमा टिकिराखेका पनि छन् ।”
पढ्दै गरेका तन्नेरीमात्र होइन, कलेज सकेर विभिन्न पेसा तथा व्यवसायमा रहेका युवाहरू पनि आफूलाई मोडलिङको संसारमा अटाउने प्रयास गरिरहेका छन् ।
भर्खर दुई महिनादेखि मोडलिङ थालेकी कुलेश्वरकी आश्मा सिंहले पनि आफूलाई व्यावसायिक मोडलमा ढाल्ने प्रयास गरिरहेकी छन् । विज्ञानमा +२ अध्ययनरत यी बालाले तीन वर्षपछि मिस नेपाल हुने सपना साँचेकी छन् । भन्छिन्, “तयारी गरेर नै मिस नेपालमा सहभागिता जनाउँछु । भर्खरै प्रवेश गरे पनि मोडलिङका विषयमा पहिलेदेखि नै जानकारी लिन्थें, त्यसैले अहिले ¥याम्पमा हिँड्न र फोटोसेसन गर्न खासै गाह्रो छैन ।”
बढ्दो फेसन बजार, पश्चिमा संस्कृतिको प्रवेश र युवा पुस्ताको उदार सोचले मोडलिङ क्षेत्र अघि बढेको आश्मा ठान्छिन् । “पहिले रहरले प्रवेश गरेर लामो अध्ययन र अनुभवपछि व्यावसायिक रूपमै लाग्नेहरू धेरै देखेकी छु,” उनी भन्छिन्, “त्यसैले यो स्टाइलिसहरूका लागि भरपर्दो क्षेत्र हो ।”
मोडलिङको पुरानो पुस्ताले नयाँ प्रवेशीहरू रहर र सोखले मात्र आएको आरोप लगाउने गरे पनि यो क्षेत्रमा जो पनि पहिले रहरले नै प्रवेश गर्ने गरेको प्रशिक्षक प्रशान्त ताम्राकार बताउँछन् । “नेपालमा अझै व्यावसायिकताको सोच राखेर सुरुमा प्रवेश गर्ने प्रचलन कम छ,” उनी भन्छन्, “रहरले छिरे पनि व्यावसायिकताको बाटो लिएकाले राम्रो हुँदै गएको छ ।”
मोडलिङमा कतिको कसरी प्रवेश हुन्छ भन्ने आधिकारिक रूपमा थाहा हुँदैन तर पनि वस्तु तथा सेवाका उत्पादनको प्रचार–प्रसार, म्युजिक भिडियो, फेसन सोलगायत विभिन्न छापा विज्ञापनमा देखिने मोडलहरूको साझा सपना सेलिब्रिटी बनेर करिअर डो¥याउने हुन्छ ।
एक्टर स्टुडियो काठमाडौंमा अभिनय पढिरहेका मोडल अम्बर सुवेदी अभिनय सिकेर मोडलिङ गर्नुपर्ने भन्ने मान्यता राख्छन् । “फोटोसेसन, टीभीसी (टिभी विज्ञापन) वा म्युजिक भिडियो– जेमा पनि हाउभाउ ठूलो कुरा हो, त्यसैले अभिनय सिक्नुपर्छ,” उनले भने । एक महिनापछि देखाउने नाटकको रिहर्सल छाडेर पाटनको फोटोसेसनमा झुल्किएका सुवेदीले दुई वर्ष अवधिमा मोडलिङका धेरै अनुभव सँगालेको बताउँछन् ।
नेपाल फेसन र मोडलिङमा अगाडि बढ्दै गएकाले युवापुस्ताले रहर राख्नु स्वाभाविक भएको ताम्रकारको भनाइ छ । रहरले प्रवेश गरे पनि धेरैलाई यो क्षेत्रबारे थाहा भएको छ । “थाहा भएपछि बिस्तारै फिल्टरिङ पनि हुन्छ,” उनी सुझाउँछन्, “मोडलिङ आफैंमा छोटो अवधिको करिअर हो, फेसभ्यालुका आधारमा हुने भए पनि सेलिब्रिटी भएपछि केही लामो समयसम्म टिक्न सकिन्छ, त्यसैले यसलाई अवसरको रुपमा लिँदै अरु पनि केही गर्नुपर्छ ।”
नेपालमा व्यापारिक प्रयोजनका विज्ञापन बढेका छन् । स–साना कर्पाेरेट हाउसदेखि स्कुल–कलेजका विज्ञापनको ग्राफ उकालो लाग्दै जाँदा मोडलिङको भविष्य सुनौलो देखेको मोडल रेस्मिता भण्डारी बताउँछन् । “रहरभन्दा पनि व्यावसायिक करिअर बनाउन सकिने भएकाले म मोडलिङमा छिरेकी हुँ,” भर्खर मिस ग्लोबलमा सहभागिता जनाएकी रेस्मिता भविष्यमा सफल र कुशल मोडल बन्ने चाहना राख्छिन् । बीबीए छैटौं सेमेस्टरमा अध्ययनरत उनले पनि मोडलिङलाई नै प्राथमिक करिअर बनाएर लागिपरेको बताइन् ।
मोडलिङबाट धेरै मोडल व्यावसायिक विज्ञापनदेखि रजटपटमा प्रवेश गरिसकेका छन् । नाम र दाम दुवै हुने भएपछि यसतर्फ आकर्षण बढेको हो । म्युजिक भिडियो, चलचित्र, ¥याम्प, फेसन सो आदिका स्थापित मोडलहरू कुनै समय रहरैले छिरेका थिए ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्