नेपालकै लागि...

वर्ग: अर्थरंग
मिति: Friday,14th September 2012 01:13 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



Name‘मेरो मोबाइल’को रातो र पहेंलो रंग परिवर्तन गर्दै बैजनीमा उत्रेको एनसेलले मोबाइल सेवामात्र प्रदान गरेको छैन, एकपछि अर्काे कार्यक्रम गर्दै उपभोक्ता तथा सेवाग्राहीलाई आकर्षित पनि गर्न थालेको छ । शिक्षा, मनोरञ्जन, खेलकुद, साहित्य क्षेत्रमा विभिन्न संघसंस्थासँग समन्वय गर्दै कार्यक्रम आयोजना गरिरहेको एनसेलले यसलाई कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) भनेको छ ।
गएको मंगलबारमात्र देशका विभिन्न भागमा हुने सांगीतिक प्रस्तुतिबारे जानकारी दिएको एनसेलले बिहीबार फेरि अर्काे कार्यक्रम घोषणा गरेको छ । बुकवर्म ट्रस्टसँग मिलेर उसले ‘नेपाल लिटरेचर फेस्टिबल २०१२’ आयोजना गर्दैछ ।
बिहीबारदेखि नै एन्फाद्वारा आयोजित ‘एनसेल फुटबल’ पनि सुरु भएको छ । ‘एनसेल कप’ नाम दिइएको प्रतियोगितामा पहिलो दिन थ्री स्टार क्लब र मध्यपुर युथ एसोसिएसनबीच प्रतिस्पर्धा भएको थियो । यसअघि महिला फुटबल सम्पन्न भइसकेको छ । एनसेलले विभिन्न प्रतियोगिता गर्न एन्फालाई १ करोड रुपैयाँ प्रायोजन गरेको छ ।
असोजको ४ देखि ७ गतेसम्म नेपाल एकेडेमी कमललादीमा सञ्चालन हुने साहित्यिक महोत्सवको एनसेल एकमात्र प्रायोजन हो । कार्यक्रमको सम्पूर्ण खर्च उसैले बेहोर्नेछ । महोत्वसमा नेपालभित्र र बाहिरका सयभन्दा बढी साहित्यिक व्यक्तित्व जम्मा हुनेछन् ।
Nameनयाँ र पुराना कवि, लेखकलाई एकै ठाउँमा ल्याई नेपाली साहित्यको प्रवद्र्धन गर्न महोत्सव सहयोगी हुने एनसेलकी कर्पाेरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले बताइन् । महोत्सवमा लेखकहरूसँग भेटघाट, भलाकुसारी तथा बहस हुनेछ । यसले नेपाली साहित्यिक बहसलाई अगाडि बढाउन सघाउने बुकवर्मका अजित बरालले बताए । कार्यक्रममा १० हजार दर्शक र सय लेखकबीच ४० सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।
दुई वर्षअघि ३६ वटा विदालयलाई सहयोग दिएर सुरु भएको सीएसआरअन्तर्गत एनसेलले अहिलेसम्म एक दर्जन कार्यक्रम आयोजना गरिसकेको छ । शिक्षा क्षेत्रका लागि अझै पनि कार्यक्रम गरिने कम्पनीले जनाएको छ । संगीतमा कुटुम्ब र सुकर्मलाई स्रोतामाझ पु¥याइरहेको एनसेलले आफ्नो सेवा प्रवद्र्धन गर्न पनि बेलाबेला गायक तथा कलाकारलाई देशदौडाहा गराउँछ ।
असोज १३ देखि ‘एनसेल रक कन्सर्ट’ आयोजना हुँदैछ । ग्राहक तथा संगीत पारखीका लागि कार्यक्रम आयोजना गर्न लागिएको एनसेलले जनाएको छ । पूर्व र पश्चिमका ६ प्रमुख सहरमा हुने कन्सर्टमा नीमा रुम्बा, सुगम पोखरेल, एड्रियन प्रधान, कमल खत्रीका साथै गायिकाहरू रजिना रिमाल, श्रेया सोताङ र सांगीतिक समूह ‘द लिजेन्ड’ ब्यान्डको सहभागिता रहनेछ । कन्सर्ट बुटवल, धनगढी, नारायणगढ, वीरगन्ज, धरान र पोखरामा आयोजना हुनेछ ।
यससँगै प्रत्येक सहरमा स्थानीय गायक, गायिका र सांगीतिक समूहका साथै डिजेइङ तथा बी–बोइङ डान्सले कन्सर्टलाई थप आकर्षक बनाउने एनसेलले जनाएको छ । राष्ट्रियस्तरका गायक, गायिका र सांगीतिक समूहका साथमा क्षेत्रीयस्तरमा गर्न लागिएको यो एनसेलको पहिलो कन्सर्ट हो । कन्सर्टमा प्रवेशका लागि ग्राहकले सिमकार्ड तथा रिचार्ड कार्ड खरिद गरेबापत निःशुल्क टिकट व्यवस्था छ । एउटा सिम कार्ड र १ सयको रिचार्ड खरिद गर्दा एउटा टिकट पाइनेछ ।
एनसेलले फुटबलबाहेक गल्फ र क्रिक्रेटमा पनि प्रायोजन तथा कहिलेकाहीँ आयोजना नै पनि गर्ने गरेको छ । ग्रामीण भेगका ई–लाइब्रेरी, एसएलसी उत्कृष्ट विद्यार्थी, प्रविधिमा अभ्यस्त पुस्तालाई पनि सहयोग पु¥याउँदै आएको छ ।
“हामी सबै क्षेत्रमा सहयोग पु¥याउन चाहन्छौं । ब्रान्डिङमा फाइदा पुग्ने भन्दा पनि सहयोगी हातकै रूपमा एनसेल आएको हो,” कोइरालाले भनिन्, “सबै क्षेत्र राम्रो हुँदै अघि बढ्यो भने पक्कै पनि एनसेल राम्रो हुन्छ, त्यसैले हामीले फरक–फरक कार्यक्रममा सहयोग पु¥याएका हौं ।”
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्