‘क्यान सफ्टेक २०१२’ सुरु

वर्ग: बिजनेस
मिति: Friday,14th September 2012 01:24 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकाठमाडौं, २८ भदौ - कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजित ‘क्यान सफ्टेक २०१२’ सुरु भएको छ । नयाँ प्रविधि तथा बजारमा उपलव्ध सेवाको बारेमा जानकारी दिन आयोजना गरिएको यो मेला आगामी आइतबारसम्म चल्नेछ । यो मेला पाँचौं संस्करण हो ।  
मेला उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले पछिल्लो एक दशकयता सूचनामा आएको क्रान्तिलाई आर्थिक क्रान्तिमा जोड्नुपर्ने बताए । उनले सूचनाको क्षेत्रमा विकास भएको अनुपातमा आर्थिक उन्नति हुन नसकेकाले व्यवसायीको ध्यान यतातर्फ बढाउन आग्रह गरे । मन्त्री यादवले युुवा जनशक्तिलाई सूचना प्रविधिका क्षेत्रमा प्रोत्साहन गर्नुपर्ने भन्दै आवश्यक पहलका लागि सञ्चार मन्त्रालय तयार रहेको बताएका छन् । सूचना प्रविधिको विकासले राज्यमा ठूलो आर्थिक उन्नति हुने मन्त्री यादव बताउँछन् ।
नेपाल जस्तो मुलुकमा सफ्टवेयर, सोलुसन तथा सर्भिसेजको विस्तार गर्नका लागि यस्ता मेला आवश्यक पर्ने क्यान अध्यक्ष सुरेशकुमार कर्णले बताए । सरकाले यो क्षेत्रमा इच्छाशक्ति मात्रै प्रकट गरे पुग्ने भन्दै उनले नीति नियमबाट प्रोत्साहन गर्नुपर्ने बताए ।  
मेलाका संयोजक विश्वराम बलामीले मेलामा स्वदेशी तथा विदेशी गरी ४० कम्पनीको ५१ वटा स्टल रहने जानकारी गराए । उनले ५० हजारभन्दा धेरै अवलोकनर्ताका सहभागी हुने अपेक्षा गरेका छन् । नेपाललाई सफ्टवेयर  सोलुसन तथा सर्भिसेजको क्षेत्रमा बैकल्पिक गन्तव्यका रूपमा चिनाउन सकिने भन्दै क्यानका महासचिव नारायण न्यौपानेले यसका लागि चाहिने नीति निर्माण तथा यस सम्बन्धमा हुन सक्ने विकासमा टेवा पु¥याउनसमेत यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।

राजधानीको वल्र्डटे«ड सेन्टरमा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर सोलुसन र सर्भिसेज कम्पनीहरूले भाग लिँदा सर्वसाधारणहरूमा सबै किसिमका जानकारी एउटै स्थानबाट सजिलै पाउन सकिनेछ । सफ्टवेयर र सर्भिसेज गरी दुई प्याभिलियनमा स्वदेशी तथा विदेशी सफ्टवेयर र सर्भिसेजसम्बन्धी कम्पनीहरूको उत्पादन प्रदर्शनमा राखिएको छ ।
इन्फोडेभलपर्स प्रालिका कार्यकारी अधिकृत उमेश रघुवंशले वित्तीय क्षेत्र तथा संघसंस्थालाई लक्षित गरी ‘आई अफिस प्याकेज’ यसै मेलादेखि शुभारम्भ गरेका छन् । सफ्टवेयर क्षेत्रमा शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ सूचना व्यवस्थापन, लेखा व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयर छन् ।
सेवासम्बन्धी क्षेत्रमा टेलिकम, इन्टरनेट, सोलुसन क्षेत्रका सेक्युरिटी सोलुसन, बायरेलेस सोलुसनसम्बन्धी स्टलहरू छन् । सफ्टवेयर क्षेत्रमा काम गरीरहेका व्यक्ति, सफ्टवेयर उद्योगी, सफ्टवेयर प्रयोगकर्ता, नीति निर्माता, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थी, सरकारका विभिन्न निकाय, बैंक तथा वित्तीय संस्था स्कुल कलेज आदि मेलाका लक्षितवर्ग हुन् ।
 


 

  • सम्बन्धित समाचार
Comments