बैंकिङ समूहले नेप्से बढायो

मिति: Tuesday,7th August 2012 03:01 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, २२ साउन -सेयर बजारमा सुधार आउने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबार रकममा पनि सुधार आएको छ । सेयर बजारमा कारोबार भएका केही वाणिज्य बैंक, बिमा, उत्पादनमूलक र जलविद्युत् कम्पनीको सेयर मूल्य बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको हो । आइतबार नेप्से परिसूचक ०.७४ अंकले बढेको थियो ।
सोमबार कारोबार सुरु हुँदादेखि करिब ४५ मिनेटसम्म घटेको नेप्से परिसूचक त्यसपछि बढ्न सुरु गरेको थियो । सो अवधिमा नेप्से परिसूचक करिब १.५ अंकसम्मले घटेको थियो । कारोबार सुरु हुँदा ४०२.९३ अंकमा रहेको नेप्से परिसूचक ०.२२ अंकले बढेर ४०३.१५ अंकमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले बढेको छ ।
सोमबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ०.६८, जलविद्युत् ५.९५, बिमा ०.६ र उत्पादनमूलक ६.९ अंकले बढेपछि नेप्सेमा सुधार आएको हो । तर, होटल ५.४२, विकास बैंक ०.३३, वित्त ०.८३ र अन्य २.३५ अंकले घटेको भए पनि त्यसको असर नेप्सेमा पर्न सकेन ।
सोमबार चिलिमे हाइड्रोपावर कम्पनी, युनिलिभर कम्पनी, प्रभु फाइनान्स, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । सोमबार नेप्सेमा ८६ कम्पनीको १ हजार ४ सय ५३ कारोबारबाट ६ करोड ६ लाख रुपैयाँबराबरको १ लाख ७८ हजार १ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम १ करोड ९ लाख रुपैयाँ धेरै हो ।    
आइतबार नेप्सेमा ७८ कम्पनीको १ हजार २ सय ५४ कारोबारबाट ४ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको १ लाख ३७ हजार ९ सय ७० कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकमसँगै बजार पुँजीकरण पनि बढेको छ । आइतबार ३ खर्ब ८० अर्ब ७४ करोड भएकोे नेप्सेको कुल बजार पुँजीकरण सोमबार बढेर ३ खर्ब ८० अर्ब ९४ करोड पुगेको छ ।
धेरै रकम तथा पटक सेयर कारोबार हुने कम्पनीमा चिलिमे हाइड्रोपावर कम्पनीकोे छ । सोमबार किस्ट बैंकको धेरै कित्ता सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा
परिसूचक ः ०.२२ ले बढ्यो  
कारोबार रकम ः    ६ करोड ६ लाख ४ हजार
सेयर     ः १ लाख ७८ हजार १ सय ८३ कित्ता
बजार पुँजीकरण ः ३ खर्ब ८० अर्ब ९४ करोड
धेरै रकम कारोबार हुने कम्पनी ः  चिलिमे हाइड्रोपावर कम्पनी
 
 

  • सम्बन्धित समाचार
Comments