यान्त्रिक पुलको शिलान्यास

वर्ग: विकास
मिति: Wednesday,30th May 2012 05:03 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameपर्वत १७ जेठ- पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्र जोड्ने गरी निर्माण हुन लागेको यान्त्रिक पुलको शिलान्यास गरिएको छ । यान्त्रिक पुलको नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले बुधवार शिलान्यास गरेका हुन् ।  सो अवसरमा बोल्दै राजकर्णिकारले विभिन्न दलहरु र समुहले गरेका बन्द हड्तालका कारण निजि क्षेत्र दिन प्रतिदिन धरासायी बन्दै गएको बताउँदै अबदेखि प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । बन्दको प्रत्यक्ष प्रभाव व्यावसायीक क्षेत्रमा पर्ने हुँदा मुलुकको आर्थिक विकास समेत खस्कदै गएको बताए । अहिलेसम्म बन्द नगर्न आव्हान र मेलमिलाका लागि सद्भावको वातावरण सिर्जना गर्न पहल गरेका थियौ उनले भने–‘नेपालमा बन्द संस्कृतिले पश्रय पाएकोले अब प्रतिकारमा उत्रिन्छौ ।’
 

  • सम्बन्धित समाचार
Comments