विदेश पढ्न जाने विद्यार्थी घटे

वर्ग: अर्थ
मिति: Sunday,1st April 2012 00:07 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Name
काठमाडौं, १८ चैत
शिक्षा मन्त्रालयका अनुसार अघिल्ला दुई वर्षको तुलनामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा करिब १२ हजार विद्यार्थीले पूर्वस्वीकृति पत्र (नो–अब्जेक्सन लेटर ) लिएकामा चालू आवको ७ महिनाको अवधिमा करिब ६ हजार विद्यार्थीले मात्र लिएका छन् ।  
मन्त्रालयका अनुसार यो वर्षदेखि भारत जाने विद्यार्थीले समेत अनुमतिपत्र लिँदा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्यामा कमी आएको हो । अघिल्लो आवमा ११ हजार ९ सय १२ विद्यार्थीले मन्त्रालयबाट अनुमति लिएका थिए । आव ०६६/६७ मा विदेश जाने विद्यार्थीको संख्या २६ हजार ९ सय ४८ रहेको थियो । आवमा ०६५÷६६ मा २४ हजार ८ सय २४ विद्यार्थीले अनुमति लिएको मन्त्रालयले जनाएको छ । चालू आवको ७ महिनामा अनुमति लिने प्रतिविद्यार्थीबराबर २ हजार रुपैयाँका दरले अनुमति उपलब्ध गराउँदा ११ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । बाँकी ५ महिनाको अवधिमा अनुमति लिएर विदेश जाने विद्यार्थीको संख्यामा अझै गिरावट आउनसक्ने संभावना देखिएको छ ।
मन्त्रालयका अनुसार गत वर्षबाट बेलायत र अस्ट्रेलिया सरकारले उपलब्ध गराएको अवसरमा वैदेशिक अध्ययनमा जाने संख्या उच्च रहे पनि ती देशले आगमनमा कडाइ गरेपछि बिदेसिने संख्यामा कमी आएको हो । ४० भन्दा धेरै देशमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् । अघिल्ला वर्षमा भारतका विश्वविद्यालयमा उच्च शिक्षा लिन जाने विद्यार्थीलाई  अनुमति लिनुपर्ने व्यवस्था नरहे पनि यस वर्षदेखि भारत जाने विद्यार्थीका लागि लिनुपर्ने व्यवस्था भारत सरकारले गरेको छ ।

आर्थिक वर्ष                    विद्यार्थी संख्या
२०६५/६६                      २४ ८२४
२०६६/६७                      २६ ९४८
२०६७/६८                       ११९१२
२०६८/६९ (माघसम्म)        ५८३४        
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्